२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस



काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए । कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय