२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

सप्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला



जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो। तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए । रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए ।

गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ । प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय