२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

एमालेका पूर्वमन्त्री राम राना चढेको गाडीमाथि ढुंगामुढा



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना चढेको गाडीमाथि ढुंगामुढा भएको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिकामा राना चढेको गाडीमाथि ढुंगामुढा हुँदा गाडीको पछाडीको भाग क्षतिग्रस्त भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता समेत रहेका रानामाथि भएको आक्रमणको एमालेले निन्दा र भर्त्सना गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय