
जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित छ । शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको उडान नम्बर-५०२, (एन) एजेएल विमानको उडान स्थगित भएको हो । जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।
‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन । अब काठमाडौंबाट जनकपुर आउने बुद्ध एयरको अर्को विमानबाट यात्रु पठाइने उनले बताए ।