२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

भारत भ्रमणमा ब्याँस गाउपालिकाको प्रतिनिधित्व गराउन माग



दार्चुला । व्याँस गाउँपालिकाले प्रधानमन्त्रीको भारत भ्रमणमा सामरिक महत्वको गाउँपालिका ब्यासलाई पनि प्रतिनिधिमा समावेश गर्न माग गरेको छ । ब्याँस गाउँपालिका प्रवक्ता एवंम् वडानम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले भारत भ्रमणमा व्याँस गाउँपालिकाको प्रतिनिधिलाई समावेश गर्न माग गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा जाने मिति तय भएसंगै व्याँस गाउँपालिका प्रवक्ता धामीले व्याँस गाउँपालिकाको प्रतिनिधिलाई समेत भ्रमणमा समावेश गर्न अनुरोध गरेका हुन् । विभिन्न संचार माध्यमबाट प्रधानमन्त्रीको भारतिय भ्रमण हुने खवर सुने, दार्चुलाको व्याँस गाउँपालिकामा लिपुलेक, लिम्पियाधुरा, कालापानीको भुभाग रहेकोले यस क्षेत्रका जनताको वास्तविक समस्या प्रधानमन्त्रीलाई थाहा नहुन सक्ने भएकोले भारत सरकारसंग वार्ता मार्फत समस्या सामाधान लागि व्यासको प्रतिनिधिलाई भ्रमणमा लग्न अनुरोध गरेका हुन् ।

पालिकाको जनप्रतिनिधि र कर्मचारीलाई प्रधानमन्त्रीको भ्रमण टोलीमा राखेर व्याँस क्षेत्रको समस्या सामाधानका लागि सरकार मार्फत वार्ताका लागि सहज हुने अपेक्षाले भ्रमण टोलीमा समावेश गर्नुपर्ने माग रहेको प्रवक्ता धामीले बताउ । भ्रमणमा लाग्ने खर्च आफै व्यर्होने समेत प्रवक्ता धामीले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टोली जेठ १७ भारत भ्रमणमा जाने मिति तय भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय