
काठमाडौं । मस्को र बेइजिङले हिरोशिमामा भएको जी सेभेन शिखर सम्मेलनको विरोध गरेका छन् । जहाँ जी सेभेनका नेताहरूले रुस लक्षित नयाँ उपायहरूको खोजी र चीनमा बढ्दो प्रभावहरूका बिषयमा आवाज उठाएका थिए । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले शनिबार जी लाई आफ्नो आफ्नो सर्वोच्चताको एजेन्डा लाद्ने र रुस चीनलाई रोक्नु मुख्य उदेश्य रहेको भन्दै आलोचना गरे । यसैबीच चीनको विदेश मन्त्रालयले जी सेभेनका नेताहरुले अन्तर्राष्ट्रिय शान्तिमा बाधा पुर्याएको भन्दै निन्दा गरेको छ । बेइजिङले आयोजक देश जापान र अन्य देशहरुको लक्ष्य चीनमाथि आक्रमण गर्नु रहेको भन्दै विरोध गरेको हो ।
युक्रेनमा रुसको बढ्दो आक्रमण र आक्रामक बेइजिङलाई कसरी सम्हाल्ने भन्ने छलफल भइरहेको विश्वका अग्रणी औद्योगिक प्रजातन्त्रको तीन दिने भेलामा रुस र चीन दुवै देशका क्षेत्रीय समुद्र पार गर्दै जहाँ युक्रेनी नेता भोलोडिमिर जेलेन्स्कीले आश्चर्य रुपमा उपस्थित भएका थिए । जी सेभेन सदस्य राष्ट्रहरूले चीनको आक्रमकता स्थितिको सामना गर्न एकमत भएका छन् । नेताहरूले रुसको युद्धको वित्तपोषण क्षमतालाई रोक्नको लागि नयाँ कदमहरू चालने बाचा गरे । अमेरिकाले अन्तर्राष्ट्रिय व्यवस्थाको लागि सबैभन्दा गम्भीर दीर्घकालीन चुनौती भनी प्रमुख आर्थिक साझेदारसँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने विषयमा जी सेभेनमा मतभेद देखिएको छ । चीनसँग कसरी व्यवाहार गर्ने भन्ने विषयमा केही युरोपेली देशहरु अमेरिकी विदेश नीतिमा भिन्न मत राख्ने गर्दछन् ।