२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी



काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ । सोमबार काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना फरार छन् । पक्राउ पर्ने भीआईतीतर्फ पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेल, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १६ जना रहेका छन् । प्रहरीले बाँकी ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय