२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

सुतिरहेका बेला घरमाथि रूख ढल्यो



महेन्द्रनगर । मंगलबार मध्यराति आएको हावाहुरीका कारण कञ्चनपुरमा भौतिक संरचनामा क्षति भएको छ। जिल्लाका विभिन्न ठाउँमा हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो। हुरीले घरमा रूख खस्दा क्षति गरेको छ। यस्तै घरका जस्ता उडाएको जानकारी आएको प्रहरीले जनाएको छ । बिजुलीका पोलमा क्षति पुर्‍याउँदा रातिदेखी नै विद्युत् सेवा बन्द भएको छ। हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार सुतिरहेका बेला घरमाथि रूख खस्दा भीमदत्त नगरपालिका १८ सालघारीमा दुई जना घाइते भएका छन्।

बर्दियाका २४ वर्षीय गणेश चौधरी गम्भीर घाइते भएका छन्। उनी लामा जेबी कन्स्ट्रक्सनमा कामदारका रुपमा कार्यरत छन्। उनको कैलालीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै २१ वर्षीय हेलु चौधरी मध्यम घाइते छन्। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेक छ। सुतिरहेका बेला हावाहुरीले सालको रूख घरमाथि खसेको थियो। घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय