२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत फाइल पठाएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुर लगाउने निर्णय भएको जानकारी दिए ।

३० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता हुँदैछ । यसअघि काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी कीर्ते र एकिकृत कसुरको राय दिएको थिएन । यो प्रकरणमा १६ जना पक्राउ परेका थिए भने १४ जनालाई फरार प्रतिवादी कायम गरेर अभियोग पत्र दर्ता हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय