२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

युक्रेनले रुसमा घातक आक्रमण गरेपछि निराश बन्यो अमेरिका



एजेन्सी । रूसको बेल्गोरोड क्षेत्रमा युक्रेनी विद्रोहीहरूले यही हप्ताको एक आक्रमणमा प्रयोग गरिएको हतियार अमेरिकी नभएको वाशिंगटनले दाबी गरेको छ । युएस सप्लाई गरिएको उपकरणको भिजुअल प्रमाणलाई अपुष्ट रिपोर्टहरु भन्दै अस्वीकार गरेको छ तर यो आक्रमणका विषयमा थप अनुसन्धान आवश्यक रहेको अमेरिकाले स्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासनले यो आक्रमणका विषयमा स्पष्ट रूपमा चिन्ता व्यक्त गरेको छ । युक्रेनले आफ्नो क्षेत्र बाहिर अमेरिकी हतियार प्रयोग नगर्ने आफ्नो वाचा तोडेको हुन सक्ने बताएको छ । ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बुधवार प्रेस ब्रिफिङका क्रममा आक्रमणप्रति अमेरिका निराशा भएको अमेरिकी मिडिया पोलिटिकोले रिपोर्ट गरेको छ। उनले भने अमेरिकी प्रशासनले ग्रेभोरोनको बेल्गोरोड जिल्लामा भएको घातक आक्रमणमा युक्रेनले अमेरिकी हतियार प्रयोग गरिरहेको हुन सक्छ त्यसकारण घटनाको फुटेज हेरिरहेको छ ।

किर्बीले पत्रकारहरूलाई भने, हामीले रसिया भित्र आक्रमणका लागि अमेरिकी निर्मित उपकरणहरूको प्रयोगलाई समर्थन गर्दैनौं भन्ने कुरामा हामी एकदमै स्पष्ट छौं। हामी युक्रेनीहरूसँग यसको बारेमा स्पष्ट भनेका पनि छौं। हामी उनीहरूसँग भएको निजी छलफलमा म प्रवेश गर्दिन, तर मलाई लाग्छ कि हामी त्यस सम्बन्धमा हाम्रा चासोहरूको बारेमा एकरूपता बाहेक अरू केही सोच्न सक्दैनौ । उता रुसी रक्षा मन्त्रालयले जारी गरेको फुटेजमा उच्च गुणस्तरका तस्बिरहरूले धेरै क्षति अमेरिकी सवारीसाधनहरूले गरेको देखाएको छ । त्यस्तै रुसी सेनाले आतंकवाद विरोधी कारबाहीमा दर्जनौं विध्वंसकहरू मारिएको र केहीलाई युक्रेनको क्षेत्रमा फिर्ता धकेलिएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय