२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

ढाकाकुमार श्रेष्ठले भने-सांसद बन्न तीन करोड बुझाएकै छैन, गलत समाचार आयो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन् ।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् । ‘२०८०/०२/१० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु’, श्रेष्ठले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय