६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

आफ्नै वंश नास गरि अत्याचारी शासन थोपर्नेलाई बुद्ध झैं देख्ने ? : विनोद दाहाल



वंश नास गरेर सत्ता हत्याई अत्याचारि शासन थोपर्ने अपराधिलाई बुद्ध झैं देख्ने, त्यस्ता अपराधीलाई सडकमा प्रदर्शन गरि अभिनन्दन गर्नेहरुको बुद्धिलाई कुन दर्शन र सिद्धान्तका मानिस हुन् भनेर बुझौं र १ अनि जनवादी गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण संघर्ष गर्नेहरुको अपराधिकरण गर्ने दुस्प्रयास गर्ने पशु तुल्यहरु के भनेर बुझौं ! यस्ता राजावादीहरु ज्ञानबहादुरहरु बनेर प्रस्तुत भएका झन् भने आफ्नै दलले परिवर्तनका लागि गरेको योगदान भन्दै अहिले निर्णय फिर्ता गर्ने केपीहरु जस्ता पनि छन् ।

ज्ञानबहादुरलाई सिन्काले चलाएँ है, नाक थुन्नुहोला ! कहिं कतै नभेटिने तथ्य र प्रमाण बिना १७ हजार प्रचण्डले मारेको भनेर किन बोल्छ ? मारिएका भनिएका मानिसका आफन्तले कसले मारे भनेर दाबी गरेका छन् कि छैनन् ? उनीहरु आधिकारिक हुन् कि तिमीहरु आधिकारिक हौ ? राज्य पक्षबाट मारिएको भन्दै दाबी गर्ने मारिएकाका हजारौं आफन्तले प्रश्न गर्दा तिम्रा जवाफ के हुन्छ ?

तथ्यमा टेकेर आफ्ना तर्क र विचारहरु राख्ने गर्नुपर्छ । तथ्यले नदेखाई अभियुक्त करार गर्दा मात्र पनि मानवीय क्षती हुन पुग्दछ । तथ्य र प्रमाण बिना प्रहरीले पक्राउ पुर्जी बनाउने सवाल पनि हुँदैन । ज्ञानबहादुर र केपीहरुले हेर्न नपाउने जनअदालतको अर्को पक्षमा मुद्दा छ भनेर कसलाई दच्काउन खोजेको ?

समाज शोषणकारी भएकैले बर्गीय छ । बर्गीय राज्यमा शोषण, उत्पीडन, अन्याय, अत्याचार, भेदभाव र समाज परिवर्तनको काम त्यति सहज हुँदैन । बर्गीय समाजमा मानिस असन्तुष्टी एकदमै बढी हुन्छ । यही कारण जनताले आन्दोलन गर्छन्, विद्रोह गर्छन् र क्रान्ति गर्छन् । जनताबीच हुने धनी र गरिबको खाडलले असन्तोषको भल्का छुट्ने हुन्छ ।

राज्यव्यवस्था सञ्चालन गर्दा जनतालाई मन नपरे विरोध गर्न पाउने अधिकार हुन्छ । त्यसैले जनताको विद्रोह गर्न पाउने अधिकार हुन्छ भनिएको हो । विद्रोही जनतामाथिको दमन अन्याय र अत्याचार हुन्छ । सार्वजनिक जीवनमा रहनेछु भन्नेले यति पनि नबुझि व्यवहार गर्दा आक्रोशित जनताबाट सफाय हुने गरेका छन्।

एउटा बिडम्बना के छ भने यहीं मात्र र अझ भन्दा जनयुद्धको नेतृत्व गर्नेलाई युद्धको सम्पूर्ण धनजनको क्षतीको दोषी करार गर्ने दुस्प्रयास भएका छन् । आफ्नै सहयोद्धालाई राज्यले हत्या गर्दा पनि हत्याराको बिल्ला सहयोद्धाले नै लिनुपर्ने जस्तो अत्याचार थोपर्ने दुष्टले यो धर्तीमा टेक्ने ठाउँ पाउनु हुन्न । बिना तथ्य यसरी दोष लगाउने जनविरोधि तत्वहरुले जनतामा भयङ्कर भ्रम पार्ने दुस्कार्य गर्ने गरेका छन् । त्यस्ता तत्वहरुलाई जनयुद्धको बेलामा गाउँघरमा सामन्ती, जाली फटाहा, शोषकी, सुदखरलाई झैं अब शहरमा कारबाही चलाउनु पर्छ ।

१७ हजारको हत्या गर्ने माओवादी हुन् ? तथ्य र प्रमाणहरु के छन् ? जनयुद्धमा राज्यसत्ता वा राजा कांग्रेस र एमालेबाट मारिएका थिए भने विद्रोही वा माओवादी पक्षबाट पनि सफाय गरिएका छन् । ईन्सेक, माओवादी, सरकारी वा प्रशासन कार्यालयहरुमा कागजपत्रहरु छन् । कुन पक्षबाट मारिए भन्नेसम्मका रिपोर्टहरु छन् । सांसद ज्ञानबहादुर साहीले बारम्बार पुष्पकमलले १७ हजार मारेको भनेर सार्वजनिक रुपमा बोल्ने गरेको छ । उसले कुन तथ्य र प्रमाणको आधारमा यो बोलिरहेका छन् ? यस्ता असत्य कुरा बोल्ने यसलाई अधिकार कहाँ छ ? अधिकारको दुरुपयोग गरेर बोल्ने यस्तालाई कानुनी कारबाहीतिर जानै पर्ने हुन्छ र ? पीडित पक्षका हौं भन्ने आफैले कुन पक्षबाट आफ्ना आफन्त मारिएका हुन् भनेर दाबी गरेको बिषयमा हैन भन्ने यस्ता फटाहा र अपराधीलाई जनकारबाही चाहिँ किन नगर्ने त ?

सामन्ती गौरवको सामन्ती वर्गले वकालत गर्छन् । यो सामन्तीका रछ्यानसम्म पनि नपुग्ने वा पुग्न नसक्ने छाउराले गौरब गर्नु दासताबाहेक केही हैन । यस्ता बुद्धु पटमुर्खले सहि बोलेको छु भन्ठान्नु भनेको आफ्नो काल आफैले निम्त्याउने कार्य जस्तै हो । अरुले बोलेर काम नलागेका बिषय के केन बोलें भन्ठानु पनि अज्ञानताको पराकाष्ट हो भन्ने प्रतिगामी र दरबारले पालेकाले बुझेको हुँदैन ।


प्रतिक्रिया दिनुहोस !