११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

हेल्लो सरकार ! के ब्याँस तिम्रो पनि भूगोल होईन र अनि सौतेनी व्यवहार किन ?



दीपक खाती

देशको सुदृर उत्तरमा एसियाका दुई ठुला राष्ट्र संग सिमाना जोडिएको त्रीसेशिय सिमा नाकामा बिना वर्दिको प्रहरीझै बसेको हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक तिर्थस्थल कैलाश मानशरोवरको प्रवेश द्वार हो ब्यास गाउँपालिका । प्रचुर सम्भावना बोकेर अवसरको खोजी गर्दै समृद्धिको सपना साचेर बिकासको पर्खाइमा बसेको विविध कला संस्कृती र पर्यटकियक्षेत्रको खुल्ला संग्राहालय हो ब्यास गाउँपालिका ।

समृद्धिको आधार निर्माण गर्ने थुप्रै सम्भावना हुँदा हुँदै पनि गरिबी बेरोजगारी भोकमरी जस्ता समस्यामा रुमलिरहेको छ ब्यास ! आफ्नै गाउँ जाने बाटो छैन,नुन देखि सुन सम्मको लागी पराईकै भर पर्नुपर्छ । सडकमा हुँदा सबैलाई दुख्छ ब्यासको अतिक्रमीत क्षेत्र सदनमा पुगेपछि बिर्सिन्छ सबै,काठमाडौमा राष्ट्रियताको नारा लगाउदा ब्यासको चुलो बल्दैन,
नेपाल बाट गाउँसम्म जाने व्यवस्थित सडक बाटो नहुदा अझै तुईनमा झुन्डिएर ज्यान गुमाईरहेकाछ्न ब्यासका जनता ।
जनताले पटकपटक सबै राजनीतिक दलहरू लाई ब्यासको बिकासको लागि घचघच्याए,थुप्रै ज्ञापनपत्र र निवेदन दिए तर राजनीतिक दलहरू बाट जनताले आश्वासनका पोका बाहेक केहि पाएन ।

सरकार नयाँ आ.बको बजेट ल्याउने तयारीमा रहेको बेला ब्याँसका कथा व्यथा लाई नागरिकको तेस्रो आँखा,राज्यको चौथो अंगको सहाराले सरकार समक्ष पुगाएर सरकारको ध्यानाकर्षण गराउन यो लेख तयार गर्दैछु । जयसिह धामिको तुईन काटेर हत्या गर्दा पनि केही बोलेनौ,भारतले कालापानी क्षेत्र जोड्ने सडक चौडा बनाउदा कहिले पारीको ढुङ्गा लागेर नेपालीले ज्यान गुमाउनु पर्छ त कहिले पारिको ढुङ्गाले नेपालको गोरेटो बाटो भत्किन्छ,मान्छे मारेर राहतको नाममा २/४ लाख रुपैया भारतले दिन्छ त्यसैमा चित्त बुझाउनुपर्छ सरकार तिमि केही किन बोल्दैनौ ? के ब्याँसको भूगोल तिम्रो पनि होइन र?

आफ्नो देशको बाटो सडक प्रयोग गर्न नपाएनी भारतीय बाटो प्रयोग गरेर गाउँ जान पाईन्छ तर भारतीय सुरक्षाकर्मिको दादागिरी र अभद्र व्यवहारले नेपाली स्वाभिमानले छाती पोल्छ । यस्तो लाग्छ जति दिन लागेनी जति दुख भएनि,जति अपठ्यारो भएनि,ज्यानै जोखिममा राखेर नि आफ्नै देशको बाटो बाटै जाउ तर भावाना र वास्तविकता फरकफरक हुन्छ ? यथेष्ट बजेट बिनोजन गरेर,तिब्र गतिमा निर्माणकार्य संचालन गरेर समयमै तिङकर सडक लाई सम्पन्न गरेर आफ्नै देशको सडक प्रयोग गरेर गाउँ जाने ब्याँसीको सपना कहिले पुरा हुन्छ सरकार ? आफ्नो नागरिकको चाहाना आवश्यकता अनुसारको राज्यको निति,कार्यक्रम बनाउनु सरकारको दायित्व हो तर ब्याँसबासीको आवश्यकता,माग अनुसार तिङकर सडकमा यथेष्ट बजेट किन बिनियोजन गर्दैनौ सरकार ? के ब्याँसबासी तिम्रा नागरिक होइनन् र ?

राज्यको करोडौं लगानी खर्च हुँदा नि कहिले नबन्ने ब्याँसको गोरेटो बाटो कसको गैरजिम्मेवारीका कारण बन्न सकिरहेको छैन सरकारको कि ठेकेदारको जनतालाई जवाफ चाहिन्छ सरकार । ब्यापारीक दृस्ठिकोणले महत्त्वपूर्ण चीन को ताङलाकोट संगको तिनकर नाका संचालनका लागी ब्याँस गाउँपालिका अध्यक्षले बैशाखमा प्रधानमन्त्री,गृहमन्त्री र चिनिया राजदूत लगायत सरोकारवाला सबै निकायलाई भेटेरै माग राखे तर चिन संगका अन्य नाका खुले ब्याँसको तिङकर नाका खुलेन ? के कति कारणले ब्याँसको तिङकर नाका खुलेन । के ब्याँस तिम्रो देशको भूगोल होईन र सरकार ?

देशभर केहि ठाउँमा सशस्त्र प्रहरीको BOP स्थापना गरेर सिमा सुरक्षा सरकारको प्राथमिकता भन्नेहरू ६ महिना मात्रै राज्यको उपस्थिति हुने नेपालको अन्तिम उत्तरी सिमा नाका तिङकरमा बारै महिना सुरक्षाकर्मी तैनाथ किन गर्दैनन् । कालापानीक्षेत्र भन्दा १२ किमि तल सशस्त्र प्रहरीको BOP स्थापना गरेर हाम्रो सरकारले,हाम्रो पार्टीको पहलले भयो भनेर गर्व गर्ने सबै राजनीतिकदल र नेताकार्यकर्ता अलिकतिपनि पार्टीको भन्दा देशको र नेताको भन्दा जनताको माया हुन्थ्यो भने वा छ भने कालापानी नजिक कौवा क्षेत्रमा सुविधा सम्पन्न सशस्त्र प्रहरीको BOP स्थापना गर्नुपर्छ भनेर किन राजनीतिक दलका नेता,कार्याकर्ताले बोल्दैन ? के तपाई र तपाईको दललाई ब्याँसबासीको भोट मात्रै हो चाहिने ?

दार्चुलाको खलंगाको बङगाबगडको पारिपट्टी भारतले महाकाली नदिको धारा नेपालतर्फ फर्काएर एकतर्फी रूपमा बाध निर्माण गरेझैं कालापानी जोड्ने सडक निर्माण गर्दा भारतले हिजो ब्याँसको दुम्लिङ भन्दा माथी नेपालमै डोजर छिराएर आफ्नो देशको सडक काट्यो नेपाल सरकार केहि बोलेन आजपनी दुम्लिङ भन्दा माथी भारतले सडक चौडापार्ने क्रममा आफ्नो तिर ढुङ्गा भरेर महाकाली नदिको धार नेपालतर्फ फर्काउदा होस् या नेपालतर्फ आएर बालुवा चोरी गर्दा होस् किन बेखवर छ सरकार । ब्याँस गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कुन्तिसौ भन्ने यर्सा पाटनमा भारतीय नागरिकले नेपालीलाई झिर्न दिदैन । पराईले आफ्नै देशको यर्सा पाटनमा नेपालीलाई छिर्न नदिनासम्म किन केही बोल्दैनौ सरकार । के ब्याँसको भूगोल तिम्रो होईन र सरकार ?

ब्याँसको वडा नम्बर ६ देखि १ नम्बरसम्म रहेका पुलमा छोटी भन्सार कार्यालय कहिले खुल्छ सरकार ? ब्याँसको तत्कालीन समयमा माओवादी बिद्रोहको बेला सुरक्षाका कारण बन्द भएको तिङकरमा रहेको छोटी भन्सार कार्यालय आजसम्म किन पुनःस्थापना हुन सकेको छैन ? हिजोका लडाकु माओवादीनै अहिले सरकारको नेतृत्वमा रहेको छ ।

ब्याँसका नागरिकको जिवनस्तर माथी उठाउन र ब्याँसको सर्वाङगिण विकासको लागी सुदुरपश्चिम प्रदेश सरकारले बिनियोजन गरेको ३ करोड बजेट गाउँपालिकालाई खर्च गर्न नदिई बजेट फ्रीज गराएर प्रदेशलेनै फिर्ता लिएको छ । ब्याँस विशेषको बजेट किन र के का लागि गाउँपालिकालाई खर्च गर्न दिईएन ब्यासबासी लाई जवाफ चाहिन्छ सरकार ।
ब्याँसको छाङरुमा भाडाको घरमा साईनबोर्ड झुन्ड्याएर खलंगामा संचालनमा रहेको सिमा प्रशासन कार्यालय कहिले देखि स्थायी रूपमा छाङरुमै आफ्नै भवनम बनाएर स्थापना हुन्छ ? बिगतमा छाङरु गाउँकै प्रदेशसभा सदस्य हुँदा संसदमा सिमा प्रशासन कार्यालय स्थापना,कौवामा BOP स्थापना लगायतका राष्ट्रियमहत्त्वका बिषयमा आवाज उठाएको सुनिएन तर अहिलेका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुले प्रदेश र केन्द्रमा आफ्नो दलको सरकार भएकोबेला दार्चुलाको समृद्धि र राष्ट्रियताको रक्षाको लागी तिङकर नाका संचालन,ब्याँसमा छोटी भन्सार कार्यालय स्थापना,सिमा प्रशासन कार्यालय स्थापना आदि बिषयमा गम्भीरतापूर्वक संसदमा गर्जिएर यी कार्यालय तथा निकायको स्थापना हुन सकेमा ब्याँसले लागि मात्रै होईन सिङ्गो देशले जयजयकार गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !