८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विदेशी सेना ल्याउने गरी बजेट ल्याईयो : प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी सेना ल्याउने गरी बजेट आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत भएपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको विदेशी सेना आउनु बराबर भएको बताए । “सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको त्यो गलत हो । यसले सूचना प्रविधिका उद्योगीहरूलाई खाइदिने छ,” उनले भने, “विदेशी पुँजीसँगै देशमा विदेशी सेना आउनेछ । यसले देश खाइदिनेछ ।” उनले सार्वजनिक संस्था कसरी चलाउने भन्ने कुनै योजना नआएको बताए । गाँजा खेतीले युवा पक्षमा हुने खतराको विषयमा सरकार गम्भीर नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !