१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बजेटले आर्थिक संकटको केही पनि समाधान दिँदैन : ओली



काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले मुलुकको वर्तमान आर्थिक संकटको समाधान नगर्ने बताएका छन् । संघीय संसद्को सोमबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्री महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आर्थिक संकटको समाधान नदिने बताएका हुन् । बजेटले संकेत दर्शाउने गरेपनि समस्याको समाधान नदिने उनको भनाइ थियो । ‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन,’ उनले भने । बजेटका विषयमा प्रमुख प्रतिपक्षी दलले विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय