१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको छ : मन्त्री बस्नेत



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’

बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !