१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारत भ्रमणका क्रममा भोलिसम्म जनताले सम्झने काम गर्न चाहेको छु : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारदेखि हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै पछिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने आफूले चाहेको बताएका हुन् ।

ुभोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु, उनले भने । प्रधानमन्त्री दाहाल ४ दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् । उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको पनि बताए । प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको प्रस्ट पारे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय