७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट



काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !