४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन्, कस्तो घटिया सोच होला ? : ओली



काठमाडौं । सामाजिक सञ्जालमा तस्वीर एडिट गरेर शरीरभर सुनै सुनै लगाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिएका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूलाई कहिल्यै सुनप्रति मोह नजागेको बताउँदै कुनियत र घटिया सोचका साथ आफूलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएपछि प्रतिवादमा उत्रिएका हुन् ।

उनले आफू सानो छँदा आमाको औँठी चार दिन र साथीले दिएको औँठी भने लगाएको भने स्मरण गरे । तर, अहिले आफूले बोक्नै नसक्नेगरी सामाजिक सञ्जालमा सुन लगाइदिएकोमा उनले गुनासो गरे । उनले भने , ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला र?’

संसद्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउँदा पित्तल प्रयोग गरेर झण्डै ११ केजी सुन गायब बनाएको आरोप लगाएका थिए । उक्त आरोपपछि सामाजिक सञ्जालमा ओलीको तस्वीर सुनै सुनले पोतेर ट्रोल बनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !