१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रधानमन्त्री प्रचण्डलाई भारतले गार्डअफ अनर नदिने



काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । चार दिने भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय ‘हैदरावाद हाउस’ मा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ ।

राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र रहेका कारण भारतले उनलाई ‘गार्ड अफ अनर’ नदिएको स्रोतको भनाइ छ । ‘राजकीय भ्रमणमा भारत आउने विदेशी सरकार प्रमुख र राष्ट्र प्रमुखलाई मात्र गार्ड अफ अनर दिने प्रचलन छ,’ स्रोतले भन्यो, ‘प्रचण्डको भ्रमण राजकीय नभएका कारण गार्ड अफ अनर प्रदान नगरिएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय