१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेपालको संसद भवनमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्छ : उपसभामुख राना



काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपालको संसद भवनमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने बताएकी छिन्। बिहीबार निर्माणाधिन नयाँ संसद् भवनको अनुगमनका क्रममा उनले यस्तो बताएकी हुन्। भारतले आफ्नो संसद भवनमा नेपालको लुम्बिनी समेटेर ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उपसभामुख रानाले नेपालले पनि स्ट्यान्ड लिनुपर्ने धारणा राखेकी हुन्। ‘अरुले जेसुकै भने पनि मलाइ त मेरो देश नेपाल महानेपाल हुनुपर्छ। अरुले ग्रेट इन्डिया भन्छ भने हामीले ग्रेट नेपाल भन्छौं। त्यसमा हामीले स्ट्यान्ड लिनुपर्छ,’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !