१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रचण्डले भारतसँग मागे नयाँ हवाई रुट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नयाँ हवाई रुटको माग गरेका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले नयाँ एयर रुटको माग गरेका हुन् ।

नेपाल–भारतका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीचको छलफलपश्चात् आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेपालले नयाँ एयर रुटका लागि थप एयर इन्टी रुटका निम्ति भारतसँग अनुरोध गरेका छौँ,” उनले भने, “नेपाल भारतको सकारात्मक प्रतिक्रियाको अपेक्षाको स्वागत गर्दछ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसामु उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट आवश्यक भएको उल्लेख गरे । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान गर्न चाहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !