६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् । आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका थिए ।

राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो ।प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !