१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

चुडामणि शर्मासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं । विशेष अदालतले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ। श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूलाई राजश्व चुहावटमा दोषी ठहर गरेको हो। अदालतले शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फछ्र्योट आयोग गठन गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए। आन्तरिक राजस्व विभागका महानिर्देशकले तोकेको सहसचिव सदस्य सचिव हुने कानुनी व्यवस्था रहेकामा महानिर्देशक चूडामणि शर्माले आफै सदस्य सचिवका रूपमा काम गरेका थिए। कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय