८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू



Hindu devotees offer prayers to the Sun god during the Hindu religious festival “Chhat Puja” in the northern Indian city of Chandigarh November 1, 2011. Hindu devotees worship the Sun god and fast all day for the betterment of their family and society during the festival. REUTERS/Ajay Verma (INDIA – Tags: RELIGION SOCIETY)

काठमाडौं । नेपालमा १२ औं राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दू धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हो । कार्यालयले शुक्रबार बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

जसमा मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१ प्रतिशत) ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना ९८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने रहेका छन् । त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।


प्रतिक्रिया दिनुहोस !