१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ईपीजीको कुरा उचालेर वातावरण बिगार्नु उचित थिएन : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी)प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताएका छन् ।चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।

नेपाल र भारतको राजनीतिक नेतृत्वबीच यो भ्रमणले विश्वासको वातावरण बनेको भन्दै उनले यही वातावरण सहज रुपमा अगाडि बढेमा ईपीजीको विषयमा पनि कुरा हुन सक्ने बताए । ‘‘यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वतावरणलाई सहज बनाउँदै लैजाँदादखेरि सबै चिज हुँदै जान्छ’ उनले भने ।

नेपाल र भारतबीचको सन् १९५० को सन्धिलगायतका समस्या समाधानका लागि दुई देशका प्रवुद्ध व्यक्तिहरु सम्मिलित प्रवुद्ध व्यक्ति समूह(ईपीजी) बनेको थियो ।उक्त समूहले दुबै देशमा छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ । तर प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो, जस अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !