७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भारतबाट फर्किएपछि प्रधानमन्त्रीले भने – विश्वासको संकट समाधान भयो



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताएका छन् । चारदिने भारत भ्रमण सकेर फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै दाहालले यस्तो बताएका हुन् ।

प्रेस मिटमा तपाईंहरुले मोदीजी र मेरो मुखबाट पनि सुन्नु भयो । उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो, दाहालले भने, २०१४ मा नेपालको संसदमा बोल्दा जुन उत्साह थियो त्यसलाई स्मरण गर्दै त्यसलाई हिट भन्नु भएको थियो । अब सुपरहिट गर्नुपर्छ भनेर भन्नु भएको छ । त्यसले पनि विश्वासको वातावरण बन्दै छ भन्ने देखाएको छ ।

दाहालले २०१९ देखि अफ्ठ्यारो भएको नेपाल(भारत सम्बन्धमा सुधार भएको पनि बताए । साथै भारतसँग भएको पारवहन सन्धि पनि आफ्नो भ्रमणको उपलब्धि भएको उनले बताएका थिए । हाम्रो धेरै छलफल नेपालको व्यापार घाटा कम गर्न र कृषि उपजलाई वृद्धि गर्न साथै भन्सारमा सहजिकरण गर्ने विषयमा केन्द्रित रह्यो, दाहालले भने, यस विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग राम्रोसँग छलफल भयो । त्यसले पनि यो भ्रमण विगतको भन्दा फरक मात्रै नभएर परिणाममुखी पनि भयो । दाहालले छलफलको परिणाम आउन लागेको समयमा वातावरण बिगार्ने गरी नकारात्मक कुरा गरेर नेपाललाई धेरै फाइदा नहुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !