६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

म मनैदेखि धर्मनिरपेक्षतावादी हुँ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मनैदेखि धर्मनिरपेक्षतावादी भएको स्पष्टीकरण दिएका छन् । साथै आफू धर्मविरोधी नभएको तर सबै धर्मलाई समान व्यवहार गर्ने उनको भनाइ छ । भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेको विषयलाई लिएर प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले उक्त पूजाको सन्दर्भमा मन्दिरको नियम अनुसार नै आफूले गरेको बताएका थिए । साथै आफू कुनै धर्मविशेषको नभएर सबै धर्मलाई समान व्यवहार गर्ने पनि उनको भनाइ थियो । मुस्लिम कम्युनिटीमा जाँदा उहाँहरुको टोपी लगाएको छु । क्रिश्चियनको गिर्जाघरमा जाँदा मन्त्र जप्दै गरेको फोटो तपाईंहरुसँग छ कि छैन, उनल भने लुम्बिनी जाँदा बुद्धिष्टहरूको कार्यक्रममा पनि त्यतिकै सहभागी भएको छु । हिन्दुकहाँ जान नहुने र अरुकोमा जान हुने भन्ने हुन्छ र रु म वास्वतमा मनैदेखि धर्मनिरपेक्षतावादी हुँ ।

यस्तै, धर्मनिरपेक्षता भनेको धर्मविरोधी नभएको र सबै धर्मलाई समान व्यवहार गर्ने अर्थ बुझिने उनको तर्क थियो ।भारतको चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर १ सय ८ किलो रुद्राक्ष र ५० हजार भारतीय रुपैयाँ भेटी चढाएर पूजा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !