१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बजेटमा दोस्रो पटक मुसो पसेको हल्ला छ : पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको सुन्नमा आएको बताएको छन्। उनले राजस्वका दरहरुमा नीतिगत भ्रष्टाचारको शंका गर्दै बाहिर आएको जस्तो नहोस् भन्ने कामना गरेका हुन्। इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको विषय सुन्नमा आएकाले त्यो भएको नहोस् भन्ने कामना गरे।

‘बजेट निर्माणका क्रममा बाहिरी व्यक्ति अग्रह पूर्वाग्रहमा त्यस्तो नगर्नुपर्ने हो’, उनले भने, ‘बजेटमा मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन्,’ उनले भने। उनले बजेट फल्स ग्राउण्ड भनेको कमजोर धरातल रहेको बताउँदै सुन्दा राम्रो भए पनि आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिँदै जाने उल्लेख गरे। बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाइ छ।

पूर्वअर्थमन्त्री खतिवडाले थपे, ‘मैले एउटा कुरा भन्ने गरेको छु, खाना खादा मिठो हुनुपर्छ, ताकि पकाएको हेर्दा राम्रो भएर हुँदैन।’ खतिवडाले आफू अर्थमन्त्री रहँदा संघीयता कार्यान्यवयनमा ठूलो खर्च भएकोले बजेटको आकार बढाउनु परेको बताए। अहिलेको अवस्थामा अर्थमन्त्रीले गाली खान तयार हुनुपर्ने खतिवडाले बताए। मन्त्रीले सुरुमा गाली खाने हिम्मत गरेमा दीर्घकालमा नतिजा हेरेर सन्तोष लिनुपर्ने खतिवडाको भनाइ छ। खतिवडाले पुँजीगत खर्च महालेखाको तथ्यांकमा भएको मात्रै नभइ चालु खर्चका अधिकांश खर्चहरु पुँजीगतमै पर्ने गरेको सुनाए। सामाजिक सुरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकोले सरकारले केही गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाइ छ। ६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !