८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपाली नागरिकता लिने १० जना भारतीयमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए । उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए । पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय