१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

गाँजा खेती अध्ययन कसको स्वार्थमा ल्याइयो : ओली



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गाँजा खेतीलाई औषधिजन्य प्रयोगका लागि अध्ययन गर्ने भनेर ल्याएको नीतिको आलोचना गरेका छन् । कुनै अमूक व्यक्ति तथा समूहको स्वार्थमा गाँजा खेतीबारे अध्ययन गर्ने नीति ल्याएको ओलीको आरोप छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजा खेतीको अध्ययन गरिने योजना ल्याएको थियो । सरकारले बजेटमा भनेको छ, औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले यसलाई फेन्सी योजनाुको संज्ञा दिएका छन् । उनले कुनै न कुनै समूहको स्वार्थमा ल्याएको योजनाले सर्वसाधारणलाई फाइदा नहुने बताए । जनताको सरकारभन्दा फेन्सी कुराहरू आए । गाँजा खेती कसको स्वार्थमा ल्याइयो । धेरै गरिबका लागि आएको होइन । कसलाई लाइसेन्स लिएको गाँजा खेतीका लागि आएको हो ? उनले भने ।

बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले बजेटमा भन्सार दर बढ्नुअघि ११ सय विद्युतीय मोटर भित्र्याएको विषय संयोगमात्रै नभएको पनि बताए । करको दर बढ्नेवाला थियो त्यसै समयमा ११ सय जति मोटर आए, त्यही त आइटम त्यसमा बढ्छ अनुमानको भर हुन्छ । व्यापारी जुवाडे होइनन्, छक्का भन्यो, पर्छ कि पर्दैन थाहा छैन, हान्दियो । यकिनका साथ उनीहरुले लगानी गर्छन्, उनले भने, त्यस समयमा पनि ल्याएको होइन बिजनेसवालाले पहिलदेखि ल्याएका हुन्छन् । प्रश्न करका दरमा हो ।


प्रतिक्रिया दिनुहोस !