७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमाले नेताहरुको जिम्मेवारी हेरफेर



काठमाडौं । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्दैछ ।

२०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी एमालेले ब्यापक हेरफेर गरेको छ ।

पार्टी सचिव गोकर्ण बिष्टका अनुसार, केही बाहेक लगभग सबै केन्द्रीय नेताहरुको जिम्मेवारी एमालेले हेरफेर गरेको छ । हेरफेर भएको केन्द्रीय नेताहरुको जिम्मेवारी समेटेर मंगलबार एमाले अन्तरपार्टी निर्देशन (अपानि-७)पठाएको छ ।

उक्त अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ ।

पार्टी सचिवहरुलाई मधेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ ।


प्रतिक्रिया दिनुहोस !