१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जब प्रेमीले नै प्रेमिकाको अश्लिल भिडियो सामाजिक संजालमा राखे…



काठमाडौं । प्रेम सम्बन्धमा रहेका एक युवकले युवतीको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका छन् । सामाजिक सञ्जालमा अश्लिल पोष्ट गरिदिने नुवाकोटका मनिष घतानी जो अहिले दुवईमा छन् भने यता नेपालमा युवती मानसिक तनावमा छिन् । प्रेम सम्बन्ध टुटेपछि प्रेमीले नै प्रेमिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पोेस्ट गरिदिएका छन् । पाँच वर्ष प्रेम सम्बन्धमा खटपट आएपछि युवकले युवतीको भिडियो सार्वजनिक गरेका छन् ।

शुरुमा सामाजिक सञ्जालबाट मनिषसँग ती पीडित युवती नजिकिएकी थिइन् । त्यो निकटता क्रमशः प्रेममा बदलियो । विस्तारै मनिष पनि बदलिँदै गए । उनको बदलाव अपराधतर्फ मोडियो । दुवईमै बसेर मनिषले युवतीका भिडियो सार्वजनिक गरे । प्रेम सम्बन्धमा रहेको बेला दुईजनाले सामाजिक सञ्जालका आइडी पासवर्डहरु पनि साटासाट गरेका थिए । आपसी समझदारी उच्च तहमा थियो । विवाह गर्नेसम्मका योजना उनीहरुका थिए । युवतीले आफ्ना प्रेमीलाई भविष्यका पतिको रुपमा स्वीकार गरिन् । मनिषले पनि आफ्नी पत्नीकै रुपमा उनीसँग व्यवहार गर्थे ।

दुई जनाले भिडियोमा निर्वस्त्र भएर पनि कुराकानी गर्थे । विश्वासमा परेर गरिएका यी व्यवहारमा मनिषले अपराध गर्न थाले । युवतीको भिडियो उनले रेकर्ड गर्न थाले । युवतीले मनिषमा आफ्नो पति देख्न थालेकी थिइन् । मनिषले रकेर्ड गर्दै आएको कुरा युवतीलाई धेरै समयसम्म थाहा थिएन । केही महिनापछि मनिषसँग आफ्ना निवस्त्र भिडियो रहेको थाहा पाए पछि उनले ती भिडियो हटाउन पटक पटक आग्रह गरिन् । तर मनिषले मानेनन् ।

विगत दुई वर्षदेखि मनिषले त्यही भिडियो देखाएर मानसिक टर्चर दिने गरेका छन । युवतीमाथि मनिषले अनावश्यक शंका पनि गर्थे । ‘समाजमा मुख देखाउन लायक नहुने गरी बदनाम गरिदिन्छु’ पनि भन्दै धम्की आएका थिए । पछिल्लो समय त उनले युवतीकै टिकटक आईडीबाट त्यो भिडियो सार्वजनिक गरिदिए । भिडियो टिकटकमा अपालोड भएको १० मिनेपछि मात्रै मनिषले भिडियो अपालोड गरेको बारे जानकारी गराएका थिए ।

विन्तिभाउ गरेर जसोतसो भिडियो डिलीट गर्न त लगाइन । तर, यसप्रकारको भिडियो एकैछिनमा धेरै मानिसहरुसम्म पुगिसको छ । कतिपयले डाउनलोड गरेर राखेका पनि हुन सक्छन् । युवतीका साथीहरुले समेत यो भिडियो देखे । मनिषले केही व्यक्तिहरुलाई व्यक्तिगत म्यासेज गरेर समेत भिडियो पठाएको बताएकी छिन ।

घर परिवारबाट कसैले यसबारे सोध्लान् कि भन्ने डर र चिन्ताले युवतीको जीवन तहसनहस भएको छ । मानिसक रुपमा यिनी कमजोर हुँदै गएकी छिन् । उनकै शब्दमा जीवन अहिले नर्क बराबर भएको छ । त्यो पनि आफैंले विश्वास गरेको युवकको कारणले । माया र विश्वासका आधारमा गाँसिएको सम्बन्धले यसरी रुवाउँछ भन्ने युवतीले सोचेकी थिइनन् । केही बेरको आवेग र सामाजिक सञ्जालमा गर्न हुने, नहुने क्रियाकलापको हेक्का नहुँदा युवतीको जीवन अहिले नराम्ररी बिथोलिएको छ ।

युवतीसँग सामाजिक सञ्जालमा मार्फत जोडिएका धेरैलाई यो कुरा थाहा छ । उनले नेपाल प्रहरीको साइबर ब्युरोमा उनले जाहेरी पनि दिएकी छिन् । मनिषको हर्कतले युवतीको जीवनमा केही समय पीडा दिने निश्चित छ । तर युवतीको जाहेरीपछि मनिष जुन सुकै बेला नेपाल आए पनि उनी कानुनी फन्दामा पर्ने र जेल जाने निश्चित जस्तै छ ।


प्रतिक्रिया दिनुहोस !