१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मणि थापालाई एमालेले बिदा गर्यो, भीम रावलको नाम गायब



काठमाडौं । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले ‘बिदा’ लेख्दा नेता भीम रावलको नाम भने कतै उल्लेख छैन । एक नम्बरमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बर अर्थात अन्तिममा रहेका हेमराज राईसम्मको कार्य विभाजन तोकेको एमालेले पूर्व मन्त्री समेत रहेका थापा भने बिदामा बसेको एमालेको दस्ताबेजमा उल्लेख छ । एमालेमै रहे पनि थापाले पार्टीमा बिदा बस्ने भनेर निवेदन दिएकाले कार्य विभाजनमा उनको बिदा लेखिएको एमाले नेता सूर्य थापाले बताए ।

त्यस्तै एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीको जिम्मेवारी खोसेर निलम्बनमा राखेको अपानीमार्फत देशभरिका नेता कार्यकर्तालाई जानकारी गराएको छ । रायमाझी हाल नक्कली भुटानी प्रकरणमा अनुसन्धानका क्रममा छन् । निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा हुँदा पूर्व उपाध्यक्ष समेत रहेका डा. भीम रावलको भने एमालेको जिम्मेवारीमा कहीँ कतै नाम उल्लेख छैन ।

नेता रावल आफ्नो सुदूरपश्चिमको जिम्मेवारी खोसिएको, गत आम निर्वाचनमा टिकट नदिएकोलगायतका विषयमा अध्यक्ष केपी शर्मा ओलीप्रति सन्तुष्ट छैनन् । तर पछिल्लो समय नेता रावलसँग कुरा गर्न र पार्टी काममा फिर्ता गर्न भन्दै उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको एमालेले वैशाख पहिलो साता एक चरण वार्ता समेत गरेको थियो । उक्त वार्ता सकारात्मक रहेको बताइए पनि एमालेले रावललाई अहिलेसम्म कुनै जिम्मेवारी दिने र पार्टीमा फर्काउने कुनै पहल गरेको छैन । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले रावल पार्टी सदस्यबाहेक कुनै जिम्मेवारीमा नरहेकाले पछिल्लो जिम्मेवारी हेरफेरमा उनको नाम नपरेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय