८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतसँग राम्रो सम्बन्ध बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल हुन्छ : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । आफ्नो भारत भ्रमणले विश्वासको वातावरण बनाएको उनको दाबी छ । बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको बताए । उनले अघि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’

भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले भनेका छन् भन्ने सन्दर्भमा मात्र बोलेको उनले बताए । सरकारले समय–समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने उनको दाबी छ । ‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय शायद आउँछ, मैले प्रमाण देखाउन सक्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले जो–जो नेताहरुले यो सट्टा भन्ने शब्द आँ पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ ।

पहिलो पटक दुई जना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिवद्धता जनाउनु ऐतिहासिक भएको उनले बताए । राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल हुने भन्दै उनले अघि भने, ‘एकले अर्कालाई पोलिटिक्स मात्र गरिराखेर यो त बल्झिने मात्र हो, कचिंगल हुने मात्र हो ।’


प्रतिक्रिया दिनुहोस !