
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबार (२४ जेठ) देखि प्रतिवादीहरूको तर्फका वकिलहरूले बहस थालेका छन्। बुधबार एकजना अभियुक्त केशव दुलाको तर्फबाट ६ जना र सानु भण्डारीको तर्फबाट १ जना वकिलले बहस गरेका छन्। बुधबार जिल्ला अदालत काठमाडौंमा भएको बहसका क्रममा दुलालको तर्फबाट अधिवक्ता विनोद शर्माले प्रतिरक्षा गरे।
यस प्रकरणमा जोडिएका सानु भण्डारीले ४ जनासँग मात्रै पैसा लिएको र त्यो पनि बैंकिङ च्यानलमार्फत नै फिर्ता गरेको शर्माले जिकिर गरेका छन्। सानु भण्डारीले ४ जनासँग मात्रै पैसा लिएको देखिएको छ। त्यो पनि बैंकिङ च्यानलमार्फत नै फिर्ता गरेका छन्,’ शर्माले बहसको क्रममा भने, ‘५६ जना प्रतिवादीलाई सानुले चिन्दैनन्। उनलाई यसरी जबरजस्ती अभियोग लगाएर आत्मदाह गर्न बाध्य बनाइँदैछ। उनले अनुसन्धानका क्रममा पनि आत्दाह गर्न बाध्य नपारियोस् भनेर उल्लेख गरेको शर्माले बताएका छन्।
‘अनुसन्धानका क्रममा पनि आत्मदाह गर्न बाध्य नपारियोस् भनेका छन्। चिन्दै नचिनेका मान्छेले पैसा खायो भन्दै जाहेरी दिएपछि सानु भण्डारीले आत्मदाह नगरे के गर्छन् त ? शर्माले प्रश्न गर्दै भने, ‘उनीमाथि ठगीमा अनुसन्धान गरियो २२ दिन थुनेर त्यसमा प्रमाण केही फेला नपरेपछि जबरजस्ती संगठितमा लगियो यो मुद्दा साधारण तारेखमा छुट्ने भएपछि संगठित अपराधमा लगियो।’
‘सानु भण्डारीले इन्द्रजितलाई पैसा दिइयो भनिएको छ। इन्द्रजितलाई उनले पैसा दिएका होइनन्,’ उनले भनेका छन्, ‘इन्द्रजितलाई आफ्नै र छोराहरुको कमाइ पर्याप्त छ। सानु भण्डारीलाई हिरासतम राखेर घरबाट बरामद गरेको डायरी प्रमाण लाग्दैन।’
सानुले यस प्रकरणमा जोडिएका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई घुस दिएको कुरा पनि अस्वीकार गरेका छन्। सानुले टोपबहादुरलाई ४० लाख दिएको भनिएको छ घुस नै खानु परेको भए टोपबहादुरले ४० लाखमा चित्त बुझाउनु हुन्थ्यो त श्रीमान् २० करोड दिँदा सानु भण्डारीले प्रेमकुमार राईलाई गाडीमा पैसा हालिदियो भनेको छ,’ उनले भनेका छन्, ‘प्रेमकुमार राईले त्यो पैसा कहाँ लानु भयो त सीसीटीबाट त पत्ता लाग्ला नि। २२४ पानाको अभियोगमा कहाँ पुष्टि हुन्छ सानुको संलग्नता अभियोग लगाउने पक्षले ल्याओस्।’ अधिवक्ता शर्माले ६० दिन लगाएर गरेको अनुसन्धानको प्रमाण खोजी गरे।