
काठमाडौं । सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । बढुवा समितिको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा नियुक्त गरेको हो । उनी महिला मन्त्रालयमा कार्यरत थिइन्। अघिल्लो पटक सिफारिस भए पनि सरकारले उनलाई चयन गरेको थिएन । वरीयताको आधारमा बस्नेतलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।