२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

दोलखा पहिरोमा परि ३ वर्षका बालक मृत भेटिए, बुवाआमासहित ३ जना बेपत्ता



काठमाडौं । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने उनका बुवाआमासहित तीन जना बेपत्ता भएका छन्। दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार साँझ पहिराले कृष्ण बहादुर मगरको घर बगाएको हो। गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार पहिरोमा परी कृष्णबहादुरसँगै उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका हुन्। कृष्ण बहादुरको ३ वर्षका छोरा प्रिन्स मगर भने मृत भेटिएका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय