काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरु मात्रिका यादव र गिरीराजमणि पोखरेल आपसमा भिँड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गरेका छन् ।शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले मधेसमा पार्टी विग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल रहेको आरोप लगाए । यादव र पोखरेल दुवै पदाधिकारी (उपमहासचिव) हुन् ।
‘मधेसमा दुई हस्ती छन् । गिरीराजमणी पोखरेल र मात्रिका यादव । उहाँहरु कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन’, शर्माको भनाइ छ । फरक प्रसंगमा नेता शर्माले पार्टी नेतृत्वको सरकारले धमाका मच्चाइरहेको बताए । बैठकमा नेतृत्वको आलोचना र सुझाव दिनेलाई अध्यक्षले माया गर्नुपर्ने उनको भनाइ छ ।