
रोल्पा । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। अन्यको उद्धार कार्य जारी छ।