२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

एमाले लुम्बिनीमा ओलीको निर्देशन लत्याउँदै मैदानमा उत्रिए उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको गुट



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको टकरावले चयन गर्न असफल भएको छ। अध्यक्ष केपी शर्मा ओलीको लेसमेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको छ । शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अब अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति जुटेन । एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलको साथ लिएर प्रदेश अध्यक्षको उम्मेदवार बनेका छन्। त्यस्तै वर्तमान अध्यक्ष कँडेल उपाध्यक्ष बिष्णु पौडेलको साथ लिएर फेरि दोहोरिन खोजिरहेका छन् । तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताएका थिए।

यसबीच महासचिव पोखरेलले आफ्नो प्रतिनिधि बनाएर पोलिटब्युरो सदस्य चेतनारायण आचार्यलाई अधिवेशनमा खटाएका छन्। उपाध्यक्ष पौडेलले अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराइलाई खटाएका छन्। आचार्य र भट्टराई महासचिव र उपाध्यक्षको प्रतिनिधिका रुपमा अधिवेशनस्थलमा खटिएका छन्। उता प्रदेश कमिटी सदस्य तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको छ। तर पदाधिकारीमा भने चुनाव हुने देखिएको छ। चुनाव हुने अवस्थामा भएमा आइतबार साँझसम्म मनोनयन दर्ता गरेर सोमबार बिहानदेखि मतदान गर्ने तयारी छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय