१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

पीत पत्रकारिता र यसको इतिहास



पीत पत्रकारिता भनेको सत्य समाचारलाई बेवास्ता गरी सनसनीपूर्ण समाचार प्रयोग गर्ने तरिका हो । पीत पत्रकारितामा समाचारलाई बढाइचढाइ गरिन्छ र ध्यानाकर्षण गराउन समाचार शीर्षकहरू लेखिन्छन्। पहेँलो अर्थात् पीत पत्रकारिता समाचारपत्रहरूले आफ्नो बिक्री बढाउन प्रयोग गर्छन्। पहेंलो पत्रकारिता आजको व्यावसायिक युगमा फस्टाउँदै गएको पत्रकारिताको विकृत रूप हो । सरल भाषामा पीत पत्रकारिता भनेको पत्रकारिताको कुरूप हो जसमा समाचारको मूल भागमा तोडमोड गरी त्यसलाई आकर्षक बनाउनका लागि समाचारको बिक्री बढाउनका लागि पाठकहरूलाई पठाइन्छ, ताकि धेरैभन्दा धेरै पाठकले त्यो पत्रिका पढ्न सकून्। थप आकर्षित हुन सकन् ।

पत्रकार तथा पत्रकरिताप्रति लक्षित गालीगलौजका शब्दहरूको भण्डारमा सबैभन्दा बढी प्रचलित शब्दावली ‘पीत पत्रकारिता’ हो । यसमा दुई शब्दहरू छन्– पहिलो ‘पीत’ र दोस्रो ‘पत्रकारिता’ । ‘पीत’ शब्द सँस्कृत भाषाबाट नेपालीमा आएको हो । यसको अर्थ हुन्छ– ‘पहेंलो’ । त्यस कारण ‘पीत पत्रकारिता’ को सरल नेपाली रुप ‘पहेंलो पत्रकारिता’ भयो । यो शब्दावली अरु कैयौं तत्सम र तद्भव शब्दहरू झैं सँस्कृत भाषामा जन्मिएर नेपाली शब्दकोषको भण्डार भर्न आइपुगेको चाहिं होइन । पीत पत्रकारिता शब्दावली र यसको अवधारणा दुवै अंग्रेजी भाषामा जन्मिएर संसारभर छाएको हो । यसको जन्मजात नाम अंग्रेजीको ‘यलो जर्नालिज्म्’ हो । नेपाली भाषाले त्यसलाई ‘पीत पत्रकारिता’ बनाएर अनुवाद गरी आफ्नो शब्दकोषमा भित्र्याएको थियो ।

अंग्रेजीमा स्थापित ‘यलो जर्नालिज्म्’ शब्दावली ११८ वर्ष अगाडि अमेरिकामा जन्मिएको हो । त्यसलाई जन्माउने एउटा ऐतिहासिक घटनाको वृतान्त थियो । नेपाली पत्रकारिताको इतिहास बिक्रम संवत् १९५८ साल बैशाख २४ (सन् १९०१ मे ६) मा गोर्खापत्र साप्ताहिकको प्रकाशनसँगै सुरु भएको मानिन्छ । यस हिसाबले हाम्रो पत्रकारिताले ११२ वर्ष आयु पार गरिसकेको देखिन्छ । यति हुँदाहुँदै पनि नेपाली पत्रकारिता ‘यलो जर्नालिज्म्’ भन्दा जेठो चाहिं होइन । त्यसभन्दा ६ वर्षअघि नै यस धर्तीमा पीत पत्रकारिता जन्मिइसकेको थियो । पीत पत्रकारिताको बारेमा केही माथि नै चर्चा गरि सक्यौ । पहेलो शब्दले जनाए झैं पहेंलो रङसँग यसको के सम्बन्ध छ पत्रकारितामा पेशामा हुने केकस्ता क्रियाकलापलाई पीत अर्थात् पहेंलो मान्ने पत्रकारितामा कसैले गरिरहेको अभ्यासलाई ‘पीत पत्रकारिता’ को विशेषण दिनुअघि त्यसको सही अर्थ पनि थाहा पाउने कि यिनै प्रश्नहरूले चिमेटेर नै आज यस विषयमा जानेजति खोतल्ने प्रयास गरिने छ ।

पीत पत्रकारिताको इतिहास अखबारमा गरिएको अभ्याससँग जोडिएको थियो । अहिले समयक्रम अनुसार, अखबार, रेडियो, टेलिभिजन, अनलाईन र म्याग्जीन इत्यादीमा पनि पीत पत्रकारिता रहेको चर्चा सुन्ने गरेको छौँ । सरल भाषमा भन्ने हो भने पीत पत्रकारिता भनेको टिकाउ भन्दा बिकाउ पत्रकारिता । जसरी पनि अखबार बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचार । तथ्य कम कथ्य बढी । पाठकका आँखालाई आकर्षित पार्नेगरी रचिएका समाचारका शीर्षक । सस्ता तस्वीरहरूको प्रयोग इत्यादि । आँखालाई आकर्षित गर्ने खालका सामग्रीमा ठूला अक्षर, उत्तेजक अभिव्यक्ति, रङ्गीन तस्वीर र चित्रहरूको प्रस्तुति पर्दछन् । समाचारमा परिचय नखुल्ने अज्ञात स्रोतहरूको प्रयोग र सथ्यतथ्य सामग्री भन्दा आँखा लोभ्याउने साजसज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाइयुक्त सूचना सम्प्रेषण जस्ता प्रवृत्ति पीत पत्रकारिताका खास विशेषताहरू हुन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषण भन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको वाहुल्य रहन्छ ।

नेपाली सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रबद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमुना हुन् ।
अमेरिकामा पत्रकारिताको विकासक्रमसँगै अनेक किसिमका प्रतिष्पर्धाहरू चलिरहन्थ्यो । त्यसै क्रममा सन् १८९० को दशकमा जोसेफ पुलिट्जर र विलियम ¥याण्डल्फ हरष्ठ नामका दुई समकालीन पत्रकारहरूबीच होडबाजी चल्यो ।

जसरी पनि अखबारको बिक्री बढाएर धन आर्जन गर्ने प्रतिष्पर्धामा सन् १८९५ देखि १८९८ सम्मको तीन वर्ष ती दुई अखबारले पत्रकारितामा पुस्तौंपुस्तासम्मलाई पुग्ने विकृतिको बाढी ल्याए । त्यसैको प्रतिफल स्वरुप ‘पीत पत्रकारिता’ भन्ने शब्दावली जन्मिन पुग्यो । प्रतिष्पर्धाका दुई पात्रहरूमध्ये पुलिट्जर हंगेरीमा जन्मेका थिए । आफ्नो देशको सेनामा भर्ती हुन नपाएपछि उनले अमेरिका गएर राजनीतिमा होमिएका पुलिट्जर अमेरिकी रिपब्लिकन पार्टीको विधायक सदस्य पनि भए । विधायक सभामा आफ्ना विरोधीमाथि बन्दुक चलाएर विवादमा फसेपछि उनले आफ्नो जीवनयात्रालाई राजनीतिबाट पत्रकारितातर्फ मोडे । त्यही क्रममा सन् १८७८ मा उनी राजनीतिज्ञबाट पत्रकारमा बदलिएका थिए । घाटामा गएर डुब्नै लागेका अखबारहरू सस्तोमा किन्ने र लोकप्रिय बनाई धेरै धन आर्जन गर्नेतर्फ उनको ध्यान सोझियो । पोष्ट डिस्प्याच नाम गरेको एक अखबारलाई उनले त्यसरी नै सफलताको चुलीमा पु¥याएका थिए ।

अखबार जनताका लागि हुनुपर्छ भन्ने मान्यताका पक्षपाती पुलिट्जरको व्यावसायिक सूत्र यस्तो थियो– ‘यदि अखबार साँच्चै जनताको सेवक बन्ने हो भने यसको व्यापक संख्यामा वितरण हुनैपर्छ किनभने वितरण भनेको विज्ञापन हो, विज्ञापन भनेको पैसा हो र पैसा भनेको स्वतन्त्रता हो ।’ अखबारको व्यवसाय सञ्चालन गर्दै जाँदा सन् १८८३ मा उनले न्युयोर्क वल्र्ड पत्रिकाको स्वामित्व किने । आफ्नो अखबारमा जनरुचिका विषयलाई रोचक र सनसनीपूर्ण ढङ्गले प्रस्तुत गर्न सिपालु उनी झन् झन् सफल हुँदै गए ।

नयाँ प्रयोगमा एक्लै चलखेल गरिरहेका पुलिट्जरलााई चुनौती दिन अमेरिकाको पश्चिमी तटमा बसेर पत्रकारितामा सफलता हासिल गरेका विलियम ¥याण्डल्फ हष्र्ट ले सन् १८९५ मा न्युयोर्क वल्र्डको प्रतिष्पर्धी अखबार न्युयोर्क जर्नल किनेर चलाउन थाले । पुलिट्जरले आफ्नो अखबारमा रङ्गिचङ्गी तस्वीर तथा व्यङग्यचित्र छाप्ने गर्दथे । एक दिन उनको पत्रिकामा कार्टुनिष्ट रोबर्ट आउटकल्टले बनाएको एउटा बालकको रमाइलो कार्टुन छापिएको थियो । पहेंलो रङमा छापिएको त्यो कार्टुनको नाम पनि ‘द एलो किड’ अर्थात् पहेंलो बच्चा राखिएको थियो । त्यस्तै रमाइला कार्टुनले अखबारको बिक्री बढाउने ठानी प्रतिष्पर्धी हष्र्टले पुलिट्जरको कार्टुनिष्टलाई बढी पैसा दिएर आफ्नो अखबारमा ल्याए । त्यसपछि उनीहरूबीचको होड झन् चर्किंदै गयो ।

अखबारमा तस्वीर तथा कार्टुनको प्रचुर मात्रामा प्रयोग गर्ने, ठूलाठूला अक्षरमा धेरै कोलम ओगटेर शीर्षकहरू राख्ने, यौन, हिंसा र अपराधका विषयवस्तुमाथि जोड दिने, निम्न कोटीका व्यक्तिलाई पनि अनावश्यक महत्व दिएर बिकाउका लागि समाचार बनाउने र सनसनी मच्चाएर बढी पैसा कमाउने प्रवृत्ति बढ्दै गयो । यसै प्रवृत्तिलाई लक्षित गर्न सन् १८९७ को सुरुतिर न्युयोर्क प्रेसले एउटा पुस्तकमा ‘यलो किड जर्नालिज्म्’ अर्थात् पहेंलो शिशु पत्रकारिता भनी सम्बोधन गरेको थियो । पछि सोही प्रेसले त्यो विशेषणलाई छोट्याएर ‘यलो जर्नालिज्म्’ शब्द प्रचलनमा ल्याइदियो । त्यसरी ‘पीत पत्रकारिता’ शब्दको जन्म भयो ।

दुई वटा अखबारहरू बीच चलेको घिनलाग्दो खिचातानीलाई जनाउन प्रयोग गरिएको त्यही विशेषण विस्तारै संसारभर प्रचलित यस्तै प्रवृत्तिहरूलाई चिनाउने साझा नाम बन्दै गयो । तथ्यगत रिपोर्टिङ भन्दा सनसनी मच्चाउनका लागि सस्ता सामग्रीहरूको खुराक पस्कने, कुनै घटनाको सत्यता जाँच्न भन्दा जतिसक्दो चाँडो समाचार ब्रेक गर्ने, वास्तविकतालाई बढाइचढाइ गरेर रोचक बनाउने र पेसालाई भन्दा पैसालाई प्राथमिकता दिने प्रवृत्तिलाई अहिले पनि संसारभर पीत पत्रकारिता भनी आलोचना गर्ने चलन छ । पत्रकारिता पेशालाई हतियार बनाएर यस्ता कुकर्महरूको मतियार बन्न रुचाउने जति सबै पीत पत्रकार हुन् । उनीहरूले गर्ने पेशा पीत पत्रकारिता हो ।

न्युयोर्क वल्र्ड र न्युयोर्क जर्नलले अपनाएका पीत पत्रकारिताको अभ्यासले तिनका पाठकहरूमा विचलन पैदा ग¥यो । त्यसको असर समाजमा देखा प¥यो । पुलिट्जर र हष्र्टका अखबारहरू अपराध र अपसँस्कृतिको कारक बन्न थालेपछि तिनको औचित्यमाथि प्रश्न उठ्यो । अखबार वहुसंख्यक जनताको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आकर्षक र सनसनीपूर्ण प्रस्तुतीकरणको सहारा लिएको वताउने पुलिट्जरको प्रयोग तीन वर्षमै विस्थापित हुन पुग्यो । अप्रिय बाटो हिंडेर लोकप्रिय बन्न सकिंदोरहेनछ भन्ने चेत खुलेपछि उनले बाटो बदले । पत्रिकालाई सामान्य रुपमा पस्केर दिनु भनेको नुनविनाको तरकारी बाँड्नुजस्तै हो भन्ने तर्कमा पुलिट्जर दृढ थिए । तर त्यसो गर्न सनसनी मच्चाउने सामग्रीको सहारा लिनु जरुरी छैन भन्ने बुझ्न बेर लगाएनन् । उनी सच्चिएपछि प्रतिष्पर्धी हष्र्ट पनि पाखा लागे ।

पुलिट्जर आफै सच्चिएको प्रमाण स्वरुप बाँकी जीवनका लागि पत्रकारिताको तीनसूत्रीय मूलमन्त्र बनाए– सत्यता, सत्यता र सत्यता । यही मन्त्र छाडेर गएका पुलिट्जर आजसम्म पत्रकारिताको नोबेल मानिने ‘पुलिट्जर पुरस्कार’ सँगै संसारभर बाँचिरहेका छन् । पत्रकारितामा उनले अंगालेको सत्यताको बाटोलाई अनुमोदन गर्न अमेरिकाकै कोलम्बिया विश्वविद्यालयले वर्सेनि विश्वका निडर, निष्पक्ष र निष्कलंक पत्रकारहरूमध्येबाट छानेर अब्बल ठहरिएकालाई पुलिट्जर पुरस्कार बाँड्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय