१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

एमाले कर्णालीको मतगणना अझै सुरु भएन, उम्मेदवारहरू छलफलमा



काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन। सोमबार बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि १० बज्न लाग्दासमेत मतगणना नभएको हो। असोज १० देखि जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि आइतबार मतदान भएको थियो।

मतगणनाका लागि उम्मेदवार तथा नेताहरू छलफलमा रहेका छन्। छलफल सकिए लगत्तै मतगणना सुरु हुने प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ। निर्वाचनमा कुल ६१६ मतदाता मध्ये ६०९ मत खसेको थियो। कर्णालीमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारी बनेका छन्। जसमा कालीकोटा मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह छन्। यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाइ, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही छन्। उपसचिवमा नौं जना उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय