१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

एमाले नेता शाहीले मागे भतिजीसँग अश्लिल फोटो



सुर्खेत । नेकपा एमाले युवा नेता सुरत बहादुर शाहीले आफ्नो भतिजी नाता पर्ने एक युवतीलाई अश्लिल फोटो मागेको खुलासा भएको छ । खप्तड टिभी डटकमले सुरत बहादुर शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् । शाही थरकै १७ वर्षकी छोरी नाता पर्ने बालिकालाई बलात्कार गर्ने प्रयास गरेको सामाजिक सञ्जालको कुराकानी र फोन रेकर्ड अडियो खप्तड टिभीले सार्वजनिक गरेको छ । आफ्नै गाउँका एकै परिवारका छोरी, बहिनी नाता पर्ने साना/साना किशोरीलाई आर्थिक प्रलोभन देखाउँदै केहीलाई बलात्कार गर्ने र केहीलाई बलात्कारको प्रयास गर्ने, केहीलाई सामाजिक सञ्जाल र फोनबाट शारीरिक सम्पर्क गर्न प्रस्ताव गर्ने, प्रस्ताव स्वीकार गर म फलानो काम गरी दिउला भन्दै आएको गाउँलेहरू बताउँछन् ।

अन्दाजी १७ वर्षकी बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्राँसमा नाम निकाल्नको लागी भनी दिने, ट्युसन पढेको खर्च आफै तिरी दिने त्यसको बदलामा ती नाबालिगकाले एमाले नेता सुरत बहादुर शाहीले आफूलाई यौन प्रस्ताव राखेका छन् । ती नाबालिगकालाई म्यासेजमा मात्र होइन फोनमा पनि यौन प्रस्ताव राखेको अडिओमा सुन्न सकिन्छ । एमाले नेता शाही ती नाबालिगकाको जेठो बुबा पर्छन् । ती नाबालिगकाले भनिन्, ‘मेरो नातामा ठुलो बुवा पर्ने हुन् ।

तर त्यो अपराधीलाई केको ठुलो बुबा मान्नु रु उसले छोरी मान्दैन पटक पटक बलात्कार गर्ने सोच राख्छ । म उजुरी दिन तयार छु ।’ ती नाबालिगकाको आर्थिक अवस्था कमजोर हुँदा अरूकै घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनी अहिले जुम्ला आएर उजुरी दिन सक्ने अवस्थामा छैनन् । उनले भनिन्,‘म घरबाहिर छु । पढ्न आएकी छु । यहाँ छोडेर जिल्ला आएको खण्डमा भोली त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ रु त्यसपछि मेरो पढाई पुरा नहुन सक्छ । मलाई पढाइको चिन्ता छ । म कानुनी कुरा जान्दिन तर उसले पटक पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो ।’

नेता शाही लामो समय सम्म फेसबुक मार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि मैले मेरो दाई लाई भनेकी थिए । दाइले त्यो मान्छे गलत छ । जे भने पनि फोन रेकर्ड गर्नु भनेपछि मैले उसले गरेको फोन कल रेकर्ड गरेकी हुँ । सुरत शाहीले पटक पटक म्यासेज गर्ने डिलिट गर्ने, भेटौँ भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेज राखे, फोन रेकर्ड गरे । म मेरो लागी मात्रै नभई मेरो गाउँका अरू बैनीहरूको लागी पनि लड्नु पर्छ भनेर यो कुरा बाहिर ल्याएको ती बालिका बत्ताउँछिन् । यस अघि म बस्ने ठाउँमा आएको बेला मलाई ६ महिना अगाडी देखि म्यासेज फोन गर्ने गरेको थियो ।

धेरै अति भएपछि फोन रेकर्ड गरेकी हुँ । उनले भनिन,‘ समाजले हामी जस्ता अन्यायको विरुद्ध लड्ने छोरीलाई राम्रो मान्दैन तर पनि म यस्ता आपराधिक सोच भएका गलत व्यक्तिबाट गाउँका अरू छोरीहरू सुरक्षित हुन भन्ने मानसिकता बोकेर लड्न खोजेकी हु । टोप्ला गाउनै एक जनीलाई करणी गरेको भन्ने हल्ला थियो । त्यस पछि हामी जस्ता तीन जनालाई करणी गर्ने प्रयास गरेको हो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय