Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

नेपाल र रोमानियाबीच श्रम सम्झौता

spot_img
spot_img

काठमाडौं । नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । द्विपक्षीय वार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका बारेमा कुरा उठाएका थिए ।

रोमानिया पक्षबाट नेपाली कामदारको हकहित सुरक्षा कायम गर्ने प्रतिबद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रूपमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार लैजाने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकहरूका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको छ । प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ । नेपाली दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपजस्ता विषयहरूमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति कायम भएको छ ।

रोमानियाले ठूलो संख्यामा आप्रवासी कामदारहरूको माग रहेकाले कार्य स्वभाव, इमान्दारिता, लगनशीलताका कारण नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने सम्भावना रहेको जनाएको छ । आप्रवासी कामदारहरूले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको पनि रोमानिया पक्षले जनाएको छ । दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्षबाट प्रतिबद्धतासमेत व्यक्त भएको छ । सम्झौताका क्रममा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलसमेतको सहभागित रहेको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?