१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

अष्ट्रेलियाले दियो २ सय रनको लक्ष्य, भारतले दुई रनमै गुमायो तीन विकेट



Rohit Sharma of India celebrates his half century during the 1st T20i match between West Indies and India at Brian Lara Cricket Academy in Tarouba, Trinidad and Tobago on July 29, 2022. (Photo by Randy Brooks / AFP) (Photo by RANDY BROOKS/AFP via Getty Images)

काठमाडौं । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र अष्ट्रेलियाबीचको ४९.३ ओभर अलआउट भएको अष्ट्रेलियाले भारतलाई २ सय रनको मध्यम लक्ष्य दिएको छ। अष्ट्रेलियाका लागि स्टेभन स्मिथ सर्वाधिक ४६ रन बनाए। डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८, मार्नस लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रनको योगदान गरे।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए। जसप्रित बुमराह र कुलदीप यादवले समान २/२ विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले १/१ विकेट हात पारे। अब केहीबेरमै भारतले जवाफी ब्याटिङ गर्ने छ। जारी विश्वकपमा भारत र अष्ट्रेलिया दुबैको यो पहिलो खेल हो । यता भारतले पनि जबाफी ब्याटिङमा उत्रिदा दुई रनमै तीन विकेट गुमाएको छ । भारतका ओपनर इसान किसन, रोहित शर्मा र मध्यमक्रमका बल्लेबाज श्रेस एयर भारतको दुई रनको स्थितिमा आउट भए । अहिले विराट कोली र केएल राहुलले खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय