झोले मालिकले अरुलाई गाली गर्ने शब्द हो । मतलब झोला नबोक्ने चाहीँ मालिक हो । मालिकलाई लाग्छ, झोला बोक्नु पर्यो भने त मानिसको जुनी नै व्यर्थ हुन्छ । हुन पनि मालिकको झोला बोक्नेको जीन्दगी के अर्थको हुन्छ र ? त्यसैले माओवादीले आफूहरुबीच उचनीचको भेदभाव हटाउन आफ्ना झोला आफै बोक्थे । बन्दुक र झोला माओवादीको पहिचाह हो, गौरवको सवाल हो र दुस्मनका लागि नराम्रो बिम्ब पनि हो । माओवादीको झोला र आफ्नो जीवन पर्यायवाची झैं थिए । त्यसैले कमजोर माओवादीलाई मौका छोपेर उनीहरुले झोले नाममा खिसिट्युरि गर्दथे ।
शान्तिप्रक्रिया बिथोल्न खोज्ने अराजकहरुले स्टन्टवाजी गर्दै आफूलाई स्थापित गर्न अरुलाई झोले भन्दै सत्तो सराप गरे । वास्तविकता के थियो भने उनीहरु रित्तै हात हल्लाउँदै हिंड्थे, झोला बोकिदिने पछाडिकाहरुलाई कहिल्यै मिडियामा देखाउँदैनथे किनकि ती भतुवा मुख देखाउन लायकका हुँदैनथे । अहिले पनि त्यो क्रम जारि छ । रवी वा ज्ञानेन्द्रहरुको झोला बोकिदिने कोही देख्नुभएको छ ? किनकि उनीहरु वास्तविकता लुकाएर देश र जनतालाई ढाँट्ने फटाहाहरु हुन् । आआफ्ना झोलाहरु आफैं बोक्नुपर्छ भन्ने स्वाभिमानी राजनीतिक कार्यकर्ताहरुलाई झोले भनेर अपमान गर्ने मालिकहरुले देशका लागि केके गरे ? यो स्वतन्त्र, उन्मुक्त, खुल्ला, लोकतान्त्रिक गणतन्त्र ल्याउन उनीहरुले कति ठूलो बलिदानीपूर्ण संघर्षहरु गरे ? अहिले जनताले भोगिरहेका समस्याको समाधान के हुन् भन्ने जानकारि राख्छन् ? अहँ, यस्तो ज्ञान, बुद्धि, विवेक यी विदेशीका खेतालाले बुझ्नै सक्दैनन् ।
बरु मौका पाउँदा के गरे बुझ्नु भयो नि अरबअरब कमाउने ठाउँमा ऐन, कानुन मिचेर हात हालिहाले । सोझा निमुखा जनतालाई उल्लु बनाईहाले । ठग्न र लुट्न केही बाँकि राखेका छैनन् । अर्को एउटा ठग डिंगो, मासिक २५ हजारमा अरुले चलाउँथे भन्थ्यो आफैं, अहिले आलिसान महल र करोडौंको गाडीमा सवार हुन थाल्यो । राजनीति गर्दिंन भन्दै नयाँ नारायणहिटी जस्तो राप्रपामा गयो । ढाँट, फट्याईं, तथ्यहीन र गलत कुरा गर्छ, अहिले दरबारको भतुवा भएको छ । अरुलाई झोले भन्न यसले पनि छोडेको छैन ।
पार्टी भनेको देशको लागि, व्यवस्थाको लागि र जनताको कामगर्ने संयन्त्र हो । पार्टीको काम गर्नेलाई कार्यकर्ता भन्छन् । पहिला काम नगर्ने दुष्ट र ठगहरुले बन्दुके भन्थे, अहिले झोले भन्छन् । फलाना तिलानाले स्टन्टबाजी गरेका कार्यलाई आहा भन्दै भुक्नेहरुले एक दिन देश, व्यवस्था र जनताको लागि काम गरेर देखाउन् र भनून् कि हामी हौं यो देशका लागि कामकाजीका मानिस वा जनता देशका भार, गरेका छन् गद्दार, यो देशका भार, अनि राजनीतिक कार्यकर्तालाई भन्छन् झोले । भतुवाहरु झोलाको मुल्यवोध गर्दैनन् ।
एक खालका मानिसलाई लागिरहेको छ, रवी जस्ताले ०८४ मा अरुको ०८४ गरिदिन्छन् र आफू कार्यकारीका लागि योग्य हुन्छन् । यस्ता मानिसको बुझाईमा समस्या त हुने नै भयो, यिनले ऐंजेरुले फलको आशा गरेका पनि हुन् । मिशन ०८४ वाला नेपाली राजनीतिका ऐंजेरुहरु केको नयाँ हुनु र ? के चाहिँ हेर्ने चिज हुन् र जनताले यत्ति पनि बुझ्दैनन् ? के फलको आशले यस्ता ऐंजेरु रोज्छन् र जनताले ? जनता यस्तो अवस्थामा छन् भन्नू नै जनताको अपमान हो । झोले भनेर हियाउनेहरुलाई यसरी बुझ्दा सही होला । मालिक त हुन् नै तर अहिले राजनीतिमा नयाँ पलाएका ऐंजेरुहरु चाहिं जनताको आँशुको व्यापार गर्ने ठग हुन् । लुटपाटका केही धन सहानुभुतिका लागि लगानी गर्छन्, मतलब थप ठग्नका लागि । यी हानिकारक तत्व हुन्, होनि यिनीहरु प्यान्डामिक हुन् । यिनीहरु राजनीतिक परिवर्तनका लागि योगदान गरेका नयाँ भनौंदा तर पुराना चेतनाका पिण्डहरुलाई भनेको हुन्।