Friday, February 7, 2025

ट्रेन्डिङ :

जेलबाट छुटेलगत्तै आफूविरुद्ध साक्षी बसेका छिमेकीको हत्या

spot_img
spot_img
spot_img

वीरगञ्ज | रौतहटमा छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन्।

देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका महेश तिवारी र उनकी श्रीमती जगरानी देवी तिवारीमाथि तीनजनाको समूहमा आएका छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा जगरानी देवीको मृत्यु भएको हो।

शुक्रबार राति घरमै बसिरहेको बेला दम्पतिमाथि आक्रमण भएको हो।

तिवारी दम्पतिमाथि स्थानीय बली मुखिया, सोनेलाल मुखिया र प्रदीप मुखियाले पहिले धम्की दिएको र त्यसको केही समयमा मादक पदार्थ सेवन गरी आएर धारिलो हतियारले आक्रमण गरेको रौतहटका प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए।

आक्रमणमा घाइते भएका दुवैजनालाई उपचारको लागि वीरगञ्ज ल्याइएकोमा उपचारको क्रममा एल एस न्युरो अस्पतालमा जगरानीको मृत्यु भएको हो।

गम्भीर घाइते रहेका महेशको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ।

हतियार प्रहार गर्ने बली मुखिया र योजनाकार अजय मुखियालाई राति नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको तथा घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए।

शाहका अनुसार पक्राउ परेकाहरु विरुद्धको मुद्धामा विपक्षीका तर्फबाट महेश तिवारी साक्षी बसेकोले उनलाई ज्यान मार्ने धम्की दिइएको थियो।

बली मुखियासहितका व्यक्तिहरु ज्यान मार्ने उद्योगमा भर्खरै धरौटीमा रिहा भएका थिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?