१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

इजरायल प्यालेस्टानको द्वन्द्वका विषयमा इरान र साउदी अरेबियाकाबीचमा टेलिफोन वार्ता



एजेन्सी । इजरायल–गाजा द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोनमा कुराकानी भएको छ। इरान र साउदी अरेबियाको सरकारी मिडियाले उक्त जानकारी दिएका हुन्। सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध थिएन तर चीनको मध्यस्थतामा यही वर्षको मार्चमा उनीहरूबीच पुनः सम्बन्ध सुरु भएको थियो। त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच अहिले पहिलोपटक फोनवार्ता भएको हो।

इरानी मिडियाको रिपोर्टअनुसार रायसी र युवराजबीच ‘प्यालेस्टाइनविरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता’बारे छलफल भएको हो। साउदी अरबका युवराजले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।’ उक्त कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए।

इरान र साउदी अरेबियाबीचको यो वार्ता किन महत्त्वपूर्ण छ किनभने यस वर्षको सुरुसम्म मध्यपूर्वका यी दुई देश आपसका कडा प्रतिद्वन्द्वी थिए, उनीहरुबीच कूटनीतिक सम्बन्ध पनि थिएन तर मार्चमा दुवै देशले मित्रताको हात अगाडि बढाएका थिए। चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने अनपेक्षित घोषणा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय