Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

सन्दीपको अप्रिय निर्णय, युएई र हङकङसँग नखेल्ने घोषणा

spot_img
spot_img

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् । सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक/पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् । आज तोकिएको पेशीमा पनि सुनवाइ हुन नसकेपछि सन्दीपले अप्रिय निर्णय लिएका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले बिहीबार राती आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनी लेख्छन्, भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु ।

आफूलाई पुन: जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’ नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दै छ । आगामी कात्तिक १ गतेबाट सुरु हुने उक्त सिरिजमा सन्दीप अनुपस्थित रहने भएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?